Home  
Janahit Voice

पर्यटन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटवार्ता

५ जेष्ठ २०८०, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीमा सिधा उडानका लागि प्रक्रिया थालेको सन्दर्भमा यो भेटलाई निकै चासोका साथ हेरिएको छ। वायुसेवा निगमले बेलायतको लण्डनमा विगतमा सिधा उडान गरेको थियो।

भेटमा भूतपूर्व गोरखा सैनिकको समस्या दुई देशबीचको सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने समझदारी भएको, साथै  युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *