Home  
Janahit Voice

एभरेष्ट बैंकको इटहरी शाखा प्रबन्धकको समेतको मिलोमतोमा ग्राहकहरुको डेढ करोडको चोरी

६ जेष्ठ २०८०, शनिबार

निर्भय सिंह ठकुरी, काठमाण्डौं|

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जनाए अनुसार पांच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयां चोरी भएको हो । पांच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको राईले बताए ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर रकम अन्य बैंकको विभिन्न खातामा पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको उनले बताए ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य लगायत अपरेशन इञ्चार्ज, सुपरभाईजर, कनिष्ठ सहायक, टेलर समेत ७ जना तथा अन्य २ जनालाई समेत पक्राउ गरिएको छ। इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ एवं नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका पश्चात बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो । बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको डीएसपी राजकुमारराजकुमार राईले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *