Home  
Janahit Voice

आज एमाले अध्यक्ष केपी ओली संसदमा बोल्ने

७ जेष्ठ २०८०, आईतवार

सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको छ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए। तर स्वास्थ्य समस्याका कारण त्यो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ ।सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए । ओलीका अनुसार नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *