Home  
Janahit Voice

इँटाको मूल्य बढ्यो

२४ कार्तिक २०७७, सोमबार

नेपाल इँटा उत्पादक संघका अध्यक्ष महेन्द्र चित्रकारका अनुसार मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा यतिबेला इँटाको माग तुलनात्मक रुपमा उच्च छ । प्रदेश ५ का तराईका जिल्लामा पनि तुलनात्मक रुपमा माग बढ्न थालेको छ । तर पूर्वी र मध्य क्षेत्र जिल्लामा अहिले माग नै छैन ।

‘अहिले कैलाली, कञ्चनपूरतिर माग उच्च छ । पश्चिमी भागमा पनि माग बढ्न थालेको छ । तर, मोरङ, सुनसरी, बारा पर्सा लगायतका क्षेत्रमा माग ठप्प छ । काठमाडौं उपत्यकामा त झनै कम छ’ उनले भने ।
चित्रकारले पश्चिमी क्षेत्रमा मानिसहरु भारतमा रोजगारीका लागि जाने गरेको त्यहाँबाट कमाएर ल्याएको पैसाले घर बनाउन सुरु गरेको हुनसक्ने बताउँछन् । ‘अहिले भारत जान पहिलेजस्तो सहज पनि छैन त्यसैले यो समयमा घर बनाउने सोच बनाएकोले त्यहाँ माग बढेको हुन सक्छ ।’

पूर्वी तराईका जिल्लामध्ये झापामा अवस्था सन्तोषजनक रहे पनि त्यसभन्दा पश्चिमका जिल्लामा माग ज्यादै कम रहेको पाइएको उनको भनाई छ । महामारीपछि काठमाडौंबाट धेरै मानिसहरु गाउँ गएको र अझै नफर्केका कारण काठमाडौंमा निर्माण सामाग्रीको माग घटेको हुनसक्ने चित्रकारको अनुमान छ ।

८० प्रतिशत उद्योगी पलायन हुने
बजारमा माग कम भएको र अघिल्लोपटक ठूलो घाटा खानुपरेका कारणले बजारमा ८० प्रतिशत इँटा उद्योगीले यो वर्ष इँटा उत्पादन नगर्ने अवस्था रहेको चित्रकारको भनाइ छ ।
लकडाउनअघि बनाइएका इँटा लकडाउनमा बिकेन । बर्खामा त्यो त्यतिकै खेर गयो । यसले धेरैलाई घाटा भयो । अब त माग बढ्न कि अपेक्षाका बीच त्यस्ता हुन सकेन । जसले यसले माग पनि माग घटाएको छ ।

मूल्य बढ्न थाल्यो 
बजारमा माग नबढे पनि मूल्य भने बढ्न थालेको छ । बजारमा सबै प्रकारका इँटाको मूल्य १० देखि २० प्रतिशत बढेको पाइएको हो । बजारमा इँटा उत्पादन सुरु भइनसकेको र पुरानो इँटा पनि वर्षाको समयमा बिग्रेका कारणले अहिले मूल्य बढेको व्यवसायीको भनाइ छ ।
तर, अध्यक्ष चित्रकार भने अहिले मूल्यमा त्यति ठूलो उतारचढाव नदेखिएको बताउँछन् । ‘प्रतिगोटा १÷२ रुपैयाँ बढ्नु स्वभाविक नै हो, तर यसलाई नै मूल्य बढेको भन्न मिल्दैन, यो सामान्य हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *