Home  
Janahit Voice

इन्टरनेट सेवा प्रदायकले गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेकोमा प्रदीप पौडेलको आपत्ति

८ जेष्ठ २०८०, सोमबार

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरो छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘इन्टरनेट सेवा प्रदान गर्न प्रतिस्पर्धा गरिरहेको इन्टरनेट प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन्।’

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले मिलेमतोमा बढाएको अनुचित मूल्यलाई तत्काल रोक्न उनले सरकारसँग माग पनि गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले उपलब्ध गराएको सेवामा गुणस्तरीयता, स्तरीयता, क्षमता, निरन्तरता हुनुपर्ने पनि उनले बताए।

इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्नेमा गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाएका छन। ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *