Home  
Janahit Voice

पुस मसान्तभित्र साधारणसभा सक्न सहकारीलाई महानगरको निर्देशन

२४ कार्तिक २०७७, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी पुस मसान्तभित्र महानगरभित्रका सबै सहकारीलाई साधारणसभा सकिसक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलनको पूर्ण परिपालन गर्दै साधारणसभा सम्पन्न गर्न विभागले आग्रह गरेको छ । त्यसो त सहकारी संस्थाहरुले कार्य व्यवस्था निर्देशिका–२०७६ बमोजिम गणपुरक संख्या पु¥याएर मात्र साधारण सभा गर्न पाउने छन् । सोही निर्देशिका अनुरुप तत्त पश्चात सहकारीहरुले आधारभूत आधारका बारेमा साधारणसभा सदस्यहरुलाई जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *