Home  
Janahit Voice

विद्युतीय हाजिरीका लागि सांसदको बायोमेट्रिक लिन सुरु

८ जेष्ठ २०८०, सोमबार

संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरीको तयारी गरेको छ। सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन सुरू गरेको छ। सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरेको बताइएको छ।

संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने मागउठ्दै आएको भएतापनि सांसदहरूको हाजिरीसमेत संसद सचिवालयले सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ। राजनीतिक दलका प्रभावशाली नेताहरूको संसदमा न्यून उपस्थिति हुने र उनीहरूकै दबाबले गर्दा सचिवालयले हाजिरी सार्वजनिक गर्न सकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *