Home  
Janahit Voice

अमरेशको प्रश्न बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको सरुवा किन हुँदैन ?

८ जेष्ठ २०८०, सोमबार

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले कर्मचारीहरूको नियमित सरुवा गर्ने गरे पनि बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको सरुवा किन नगरेको भन्दै प्रश्न गरेका छन् । संसद्मा बोल्दै सिंहले विगत १० वर्षको बजेटको ट्रेन्ड हेर्दा कपि पेस्ट गरेर तयार गर्ने गरिएको बताए । ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर अपरेटर किन सुरुवा गर्नुहुन्न । जो सरकार आए पनि त्यहीँ कम्प्युटर अपरेटरले कपि पेस्ट गरेर हाल्छ’ सिंहले भने,

‘नीति एकातिर हुन्छ कार्यक्रम अर्कोतिर हुन्छ । नियत अर्कोतिर हुन्छ । नीति, कार्यक्रम र नियत कसरी एक ठाउँमा पार्ने बुझ्न सकेको छैन’ उनले भने, ‘यो भन्दा अघि गठबन्धन सरकार थियो अर्थ मन्त्री रुकुमको हुनुहुन्थ्यो । बजेट सबै रुकुम गयो । गठबन्धनका एउटा पार्टनर सभापति देउवा हुनुहुन्थ्यो बजेट डडेलधुरा गयो अर्को पार्टनर प्रचण्डजी हुनुहुन्थ्यो चितवन गयो ।’ अहिलेसम्म चितवनभन्दा पूर्व बजेट नगएकाले सुख्खा हुन लागेको सिंहले व्यङ्ग्य गरे ।

यस पटक बजेट संयोगले गोरखासम्म बजेट पुग्न सक्छ । गोरखाभन्दा पूर्व जान केही उपाय छैन । त्यसकारण मधेसीहरूले चित्त बुझाउनुपर्छ । यो देश मधेसीका लागि बनेकै होइन । बजेट पनि जाँदैन’ उनले भने।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *