Home  
Janahit Voice

नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने : अध्यक्ष लिङ्देन

८ जेष्ठ २०८०, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । उनले अहिलेको आर्थिक संकट र समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखनको आवश्यकता रहेको बताएका छन। प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पुनर्लेखन हुनुपर्ने बताएका हुन् ।

‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बड्न सक्छौ भन्ने कुरा आउनु पर्दथ्यो,’ उनले भने, ‘नमिलेका विषयहरू फेरि लेखेर ल्याउनु पर्छ भन्दाखेरी अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।’

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रम काम नलाग्ने भन्दै पुनर्लेखन गर्नुपर्ने भन्दै त्यसो नगरिए संसद्ले फेल गर्नुपर्ने पनि धारणा राखेका थिए ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *