Home  
Janahit Voice

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढामगरलाई विमानस्थलमा भव्य स्वागत

९ जेष्ठ २०८०, मंगलवार

घुँडासम्म दुवै खुट्टा गुमाएका सर्वोच्च शिखर सगरमाथाको सफल आरोही पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौँमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आएका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका छन।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। उनि घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छ्न। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन। पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै हार्दिक बधाई दिएका छन

आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन भन्दै उनले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाददिएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *