Home  
Janahit Voice

काभा अन्तर्राष्ट्रिय महिला भलिबल:नेपालले आज भारतको सामना गर्दै

१० जेष्ठ २०८०, बुधबार

काठमाडौं– एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज (बुधबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाल भारतलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ। यसअघिका २ खेल जितिसकेको नेपाल समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो।

भारत पनि समूह विजेता बन्ने लक्ष्यमा हुनेछ। भारतले पनि २ खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ। समूह ‘ए’बाट बंगलादेश र किर्गिस्तान बाहिरिसकेका छन्। समूह ‘बी’बाट काजकिस्तान र उज्वेकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

राखेपको सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन्। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *