Home  
Janahit Voice

नक्कली शरणार्थी प्रकरणमा विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग : रवि लामिछानेको

१० जेष्ठ २०८०, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिहरूको विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

‘यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,’ उनले भने, ‘यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने?’

‘मुटु दह्रो छ भनेर गृहमन्त्री र प्रधानमन्त्रीले भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने? कति दह्रो छ भन्ने हामीले देखेका छौं,’ उनले भने, ‘खुट्टा कमाउनु भएन।’ प्रहरी प्रमुख लगायतलाई पनि सोधपुछ गरिनुपर्ने उनले बताए।

अहिलेको छानबिनले नेपाली जनताले चाहेकोजस्तो नतिजा दिन नसकेको भन्दै ,‘संसदले विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *