Home  
Janahit Voice

चन्द्र भण्डारीले तीन महिनापछि संसद्‍मा गरे सम्बोधन

१० जेष्ठ २०८०, बुधबार

ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी तीन महिनापछि संसदमा उपस्थित भएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भण्डारीले सम्बोधन गरेका छन्

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो।
फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

भण्डारीले नेपालमा जलनसम्बन्धी एउटा अस्पताल बनाउन जरुरी रहेको बताए । क्यान्सर र मृगौला रोगीजस्तै जलनका घटनामा सरकारले आर्थिक सहयोग दिनुपर्ने भण्डारीको भनाइ छ ।

ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनको भनाइ रहेको छ।|

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *