Home  
Janahit Voice

काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न दियो निजी विद्यालयहरूलाई निर्देशन

१० जेष्ठ २०८०, बुधबार

काठमाडौँ । जेठ १५ गतेभित्र काठमाडौँ महानगरले छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ ।

निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको हो

महानगरले। छात्रवृत्तिको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्न विद्यालयलाइ आग्रह गरेको छ। कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न भनेको र तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ ।

यसका लागि वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *