Home  
Janahit Voice

नागरिकताबारे फेरि मुद्दा परेपछि रविको आक्रोश

११ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् । सर्वोच्च अदालतले अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन। ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ ।

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुन: नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो। त्यतिबेला उनी गृहमन्त्रीसमेत थिए। अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो।

त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए। अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्‍याई लिएको भन्दै मुद्दा हालेका हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *