Home  
Janahit Voice

स्मार्ट लाइसेन्सको छपाइ : टेन्डरको छनौटमा किन हुँदैछ ढिलाइ ?

२४ कार्तिक २०७७, सोमबार

काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को बोलपत्र प्रक्रियामा ढिलाइ भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि चौथोपटक गरेको टेन्डरका बोलपत्र पेश गर्ने समय सकिएर मूल्यांकनको चरणमा प्रवेश गरेको २ महिना हुन लाग्दा पनि अझै पनि छनौट प्रक्रिया टुंगिन नसकेको हो । विभागले असार २९ गते १४ लाख थान स्मार्ट लाइसेन्सको छपाईका लागि भन्दै ग्लोबल टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ ३० गते तोकिएको थियो । उक्त अवधिमा सो टेन्डर प्रक्रियामा ३ वटा कम्पनीको सहभागिता जनाएका थिए । त्यसरी स्मार्ट लाइसेन्स छाप्न इच्छा देखाएका कम्पनीहरुमा मद्रास सेक्युरिटी प्रिन्टर्स, सेल्प एसएसए र आइरेस रहेको बताइएको छ ।

त्यसमध्ये मद्रास सेक्युरिटी प्रिन्टर्स भारतीय कम्पनी हो । यो कम्पनीले अघिल्लो ३ पटकसम्मको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी पाएको थियो । सेल्प फ्रान्सेली कम्पनी हो भने आइरेस मलेसियन कम्पनी हो । सो प्रक्रियामा मद्रास सेक्युरिटी प्रिन्टर्सले १.०१ डलर प्रतिकार्डको दरमा छपाई गर्ने जनाएको छ । त्यस्तै, सेल्पले एउटा कार्डको ०.८० डलर तथा आइरेसले ०.५९ डलरमा छपाई गर्नेगरी टेन्डर गरेका थिए ।

यो टेन्डरको छनौट समिति गर्न गठित समितिले तीनवटै कम्पनीले उपलब्ध गराउने लाइसेन्सको नमुना छपाइ परीक्षण समेत गरिसकेको छ । तर, टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *