Home  
Janahit Voice

सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै कंसाकारको शपथ ग्रहणको बाटो खुल्यो

११ जेष्ठ २०८०, बिहीबार

ठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीश द्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार यस्तो आदेश जारी गरेको बताइएको छ। यो सँगै कंसाकार सांसद हुने बाटो खुलेको छ ।

रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित बिन्दावासिनी कंसाकारलाई सांसद नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।आयोगले कंसाकारलाई सांसद मनोनयन गरेपनि अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएकाे थियाे। सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै कंसाकारको शपथ ग्रहणको बाटो खुलेकाे छ।

हेटौँडाकी विन्दबासिनी कंसाकार पेशाले बैंकर हुन्। कुमारी बैंकमा कार्यरत कंसाकार तेजाब आक्रमण पीडित पनि हुन्। विसं २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन्। भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण ‍गरेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *