Home  
Janahit Voice

दाङको तुलसीपुरमा जीपको ठक्करबाट शिक्षिकको मृत्यु

११ जेष्ठ २०८०, बिहीबार

दाङको तुलसीपुरमा जीपको ठक्करबाट शिक्षिकको मृत्यु भएको छ।

जीपको ठक्करबाट घाइते भएकी तुलसीपुर उपमहानगर पालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको उपचारका लागि बाँके लगिएकोमा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।| सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक हुन्।

बिहीबार बिहान ९:५० बजेतिर हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। जतिखेर सीता विद्यालयमा पढाउन गइरहेकी थिइन्।

जीपको ठक्करबाट गम्भीर घाइते सीताको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज नरसिंह कलेजका लागि रिफर गरिएको थियो। उनको उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानाकरी दिए।

पानी परिरहेको समयमा दुबै सवारी तीव्र गतिमा रहेको हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको पूर्वानुमान छ। जीप र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *