Home  
Janahit Voice

आज सरकारको नीति तथा कार्यक्रम पारित हुँदै

१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौ-संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सांसदहरुले सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा छलफल गर्ने र प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

 

सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि आज नै प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको छ । जेठ ७ गतेदेखि सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरिरहेका छन् । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *