Home  
Janahit Voice

जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

१२ जेष्ठ २०८०, शुक्रबार

तनहुँ- तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा व्यास नगरपालिका–५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उहाँको श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उहाँको छोरा वर्ष ३२ को थमन रहेका छन।

बिरामीलाइ उपचारको लागि दमौली अस्पतालमा ल्याइएको थियो । दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको र ७२वर्षका शुकबहादुर लाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएकोबताइएको छ।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उहाँलेहरु तीनै जना बिरामी परेका थिए। उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *