Home  
Janahit Voice

खुकुरी प्रहारबाट एक युवतीको हत्या

१२ जेष्ठ २०८०, शुक्रबार

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ मा खुकुरी प्रहार गरी आज २१ वर्षीया युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी युना दर्नालको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।

गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *