Home  
Janahit Voice

मन्त्रिपरिष बैठक सिंहदरबारमा जारी, बजेट र भारत भ्रमण एजेन्डा

१४ जेष्ठ २०८०, आईतवार

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा, नियमिति काम कारबाही र बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

आइतबार बिहान लगानी बोर्डको बैठकपश्चात उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ। प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेबाट भारत भ्रमणमा जाने औपचारिक घोषणा भएको छ।भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकारसँग शिष्टाचार भेटघाट गर्नेछन्।

जेठ २० मा समकक्षी मोदीसँग नेपाल र भारतका प्रतिनिधिसहितको उपस्थितिमा भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीच भएका छलफल र सहमतिबारे हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम रहेको बताइएको छ।

त्यसपछि भारतले नेपाली प्रतिनिधि मण्डलका लागि दिवाभोजको कार्यक्रम गर्ने कार्यतालिका रहेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।प्रधानमन्त्रीले भारतमा रहेका नेपालीसँग पनि अन्तरक्रिया गर्ने कार्यतालिकामा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *