Home  
Janahit Voice

कुलमानले ठेकेदार कम्पनीलाई दिए चेतावनी – समयमै काम गर्न सक्दैनौ भने छोडेर जाऊ

१४ जेष्ठ २०८०, आईतवार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौडाको थाना भर्‍याङमा ४०० केभी, २२० र १३२ केभी सवस्टेशन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई समयमै काम नसके छाडेर जान निर्देशन दिएका छन्।

घिसिङले शनिबार सबस्टेसनको अनुगमन भ्रमण गरेका थिए । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा कुनै प्रगति नदेखिएपछि आक्रोसित बनेका छन ।

सवस्टेशन निर्माणको ठेक्का पाएको भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्टोम इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदा धिकारीलाई घिसिङले निर्माणस्थलबाटै फोन गरेका थिए। फोन संवादमा उनले तोकिएको समयमा काम नभए जरिवाना तिराउने चेतावनी दिँदै आइतबार काठमाडौं आएर छलफल गर्न निर्देशन दिए।

घिसिङले गत फागुनको अन्तिम साता पनि सवस्टेशनको अनुगमन भ्रमणमा गरेका थिए।  त्यतिबेला ठेकेदार कम्पनीहरुले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोसित बनेका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका छन । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *