Home  
Janahit Voice

प्रचण्ड : गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरू कदापी सफल नहुने

१५ जेष्ठ २०८०, सोमबार

 

प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै  संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा छर्ने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउन भइरहेका प्रयास सफल नहुने बताएका हुन्।

‘संविधान कार्यान्वयन र शासन सञ्चालन मा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरू कदापी सफल हुने छैनन्,’ उनले  भने, ‘किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो।’

उनले गणतन्त्र दिगो हुनका लागि संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था हुनुपर्ने बताए। साथै आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि बताए

‘यस कुरालाई हामीले गम्भीरतासाथ मनउनले गणतन्त्र प्राप्तिका लागि पटकपटक भएका संघर्ष राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सिमित नभइ राजनीतिक परिवर्तनमार्फत देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने उद्धेश्य रहेको बताए।

वर्तमान सरकरा सोही काममा प्रतिबद्ध भएर लागेको प्रधानमन्त्री प्रचण्डले बताए। राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सवलीकरण र सामाजिक रूपान्तरणमा सहयोगी हुने हिसाबले अघि बढ्न प्रधानमन्त्रीले आग्रह गरे।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *