Home  
Janahit Voice

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फणीन्द्र पराजुलीको इजलासमा,आज सुनुवाइ हुँदै

१६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा आज(मंगलवार) सुनुवाइ हुँदैछ ।जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो । उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा अन्तिम  सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ । लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

५ भदौ ०७९ मा बलात्कार गरेको भन्दै उनी विरुद्ध २१ भदौं ०७९ मा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो । उनले २० असोज ०७९ मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *