Home  
Janahit Voice

सिर्सिया नदी बचाउन माइतीघरमा प्रदर्शन र धर्ना

१६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं। बाराको सिमरा हुँदै वीरगञ्ज महानगरपालिकाको बीचभाग भएर बग्ने सिर्सिया नदी प्रदूषणमुक्त बनाउने अभियान लिएर स्थानीयले वीरगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका छन्। जेठ ४ गते सिर्सिया नदीको प्रदूषित जल बोकेर चुरे तथा वन जङ्गल संरक्षण अभियानका सदस्यहरू काठमाडौंका लागि पैदल यात्रामा निस्केका थिए।

वीरगञ्ज, सिमरा, हेटौंडा,नारायणगढ, मुग्लिङ हुँदै १० दिन पैदल यात्रा गरेर जेठ १४ मा काठमाडौं आइपुगेका उनीहरू माइतीघर मण्डलामा दैनिक धर्नामा बसेका छन्।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाको परवानीपुरभित्रका धेरैजसो ठूला फ्याक्ट्री र उद्योगका रसायन तथा प्रदूषण यही नदीमा मिसाउने गरिएको स्थानीयको गुनासो छ। सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर, प्लेकार्डसहित माइतीघर मण्डलामा उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

बारा र पर्सामा रहेका छाला, डिस्ट्रिलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त प्रदूषित पदार्थ सिर्सिया नदीमा मिसाइएकोले यसलाई बन्द गर्नुपर्ने अभियन्ताहरूको माग रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *