Home  
Janahit Voice

सिन्धुलीमा सर्पदंशले दाजुभाइको मृत्यु

१६ जेष्ठ २०८०, मंगलवार

सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ।सिन्धुलीको दुधौली नगरपालिका वडा नं १ स्थित गणेश पहाडीको घरमा आज ठुलो बज्रपात परेको छ। उँहाको १२ वर्षिय र ७ बर्षिय दुइ वटै छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए। मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए। ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो।

उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

दुधौली सर्पदंसको नेपालकै उच्च जोखिम भएको ठाउँ हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *