Home  
Janahit Voice

आज निर्जला एकादशी – ब्रतको महत्व पढ्नुहोस।

१७ जेष्ठ २०८०, बुधबार

ज्येष्ठ शक्लपक्ष्को एकादशी तिथिलाइ निर्जला एकादशी भनिन्छ । एकादशी भगवान श्रीहरिको सर्र्वप्रिय तिथि भएकाले यस दिन भगवन नारायणको पूजा -आरधना गरिन्छ । निर्जला एकादशीमा गंगा वा अन्य पवित्र नदिमा स्नान गरेर जलसमेत त्याग गरी बर्त बस्ने विधान छ। यस दिन पुर्ण रुपले उपवास गरी जल वा सर्बतले भरीएको घडा विधिपुर्बक सत्पात्र ब्रह्मणलाइ दान गर्नाले दातालाइ भगवान श्रीहरिको सान्निद्य प्राप्तहुने फल श्रुति पाइन्छ। यस्तै ,गाइ र अन्नसमेत दान गर्दा अझ धेरै पुण्यफल प्राप्त हुने शास्त्रकथन रहेको छ।

 

वर्ष भरीका २४ एकादशी र अधिकमासमा आउने २ वटा समेत गरी २६ वटा एकादशीका आ-आफ्नै महिमा र महत्व रहेको छ। निर्जला त्यो एकादशी हो, जुन अन्य एकादशीहरुको ब्रत गर्न असमर्थ हुनेहरुका लागी पुर्ण फलदायी मानिएको छ। व्दापर युगको अन्त्यतिर महाभारतकालमा भगवान श्रीकृष्णले धर्म राज युधिष्ठिरलाइ सबै एकादशीको महिमा बताउनुभएको प्रसंग पाइन्छ। युधिष्ठिरको जिज्ञासा शान्त पार्दै भगवान श्रीकृष्णले वेदव्यासले भीमसेनलाइ उपदेश दिदै निर्जला एकादशीको ब्रत गर्न सुझाउनुभएको प्रसंग उल्लेख गर्नु भएको छ।

 

कथा प्रसंग अनुसार एक दिन वेदव्यासले पाण्डव परिवारलाइ धर्म, अर्थ ,काम ,मोक्ष प्रदायक एकादशी व्रतको संकल्प गराउने सन्दर्भमा कुन्तिनन्दन भिमले आफ्नो पेटमा रहेको वृक नामक जठराग्नि शान्त गर्न नखाइ नसक्ने कमजोरीका कारण एकादशी ब्रत गर्न नसकेको सुनाउँछन। आफ्नो परिवारमा अन्य पाण्डवहरु,द्रौपरी र माता कुन्तीले सहजै एकादशीको ब्रत गरेको देख्दा आफुलाइ पनि एकादशीको ब्रत गर्ने उत्कण्ठा जागेको तर ब्रत गर्न नसकेको बताएपछि वेदब्यासले भीमलाइ निर्जला एकादशीको ब्रत गर्न सुझाउनुभएको हो।

 

वेदब्यस भन्नुहुन्छ धर्ममा न्युनतम नियम पालना गरेर पनि यस लोकमा धन, सुख, विद्या,बुद्धि आदि प्राप्त गरेर परलोकमा मोक्षको भागीदार बन्न सकिन्छ। यसर्थ हे कुन्दिनन्दन, तपाईले सबै एकादशीको गुणले युक्त निर्जला एकादशीमा विधिपुर्बक निराहर ब्रत गर्नु भयोभने यस ब्रतका प्रभाबले अन्य एकादशी ब्रतको फल प्राप्त हुन्छ र अन्त्यमा अर्थात परलोकमा भगवानको सान्निध्य प्राप्त हुन्छ।

 

एकादशी ब्रत सबै नरनारीहरुले गर्नु पर्दछ। निराहार नसकेपनि एक छाक गाइको दूध र फलाहार भोजन गरेर पनि ब्रत गर्नुपर्दछ। यसरी ब्रतोपासना गरी रात्रीकालमा जाग्राम तथा भगवान श्रीहरिको कथा पाठ तथा श्रवण गर्ने र भोलिपल्ट पारणा गरी ब्राह्मणलाइ भोजन गराएर विधिपुर्बक दान पुण्य समेत गरी आफुले भोजन गर्नाले सम्पूण पापहरु नष्ट भई ठूलो पुण्य प्राप्त हुन्छ भनी बताएपछि ठूलो हिम्मतले भीमले निर्जला एकादशी बर्तको नियम पालना गरे । एकादशीमा सबै इन्द्रियहरुलाइ संयममा राखी व्रतोपवास गार्दा रात्रीकालमा जब भीम संज्ञाहीन भए त्यसपछि पाण्डवहरुले गंगाजल, तुलसी र चरणामृत पान गर्न दिएर उनको मुर्छना दुर गरेकाले यस एकादशीलाइ भीमसेन एकादशीका नामले पनि चिनिन्छ।

 

यस दिनमा भगवान श्रीहरिकी प्रियतम तुलसीको बिज रोपण गरिन्छ। यो दिन रोपण गरिएकी तुलसी उमारेर हरिशयनी एकादशीमा पुन: रोपण गर्ने बिधान रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *