Home  
Janahit Voice

बाँकेमा कार र बस ठोक्किदा डा‍. सञ्जु खाती खड्का र कार चालक सुवास अधिकारीको मृत्यु

१७ जेष्ठ २०८०, बुधबार

बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी ५३ वर्षकी डा‍. सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको खुलेको छ ।

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *