Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

१८ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ

लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् । शुक्रबार भने प्रधानमन्त्री मध्यप्रदेश जानेछन् भने शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम बनाइएको छ ।

हिजो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए । प्रधानमन्त्री बनेको ५ महिनापछि भारत भ्रमणमा निस्किएका प्रचण्डलाई बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी बसेको सरदार पटेलमार्गस्थित होटल मौर्यमै डोभाल भेटका लागि पुगेका थिए । डोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।

यसअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *