Home  
Janahit Voice

मञ्चमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

१९ जेष्ठ २०८०, शुक्रबार

कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा बाइडेन मञ्चमै लडेका  हुन्।

८० वर्षीय  बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए।

‘उहाँ ठिक हुनुहुन्छ,’ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीटरमा लेखेकी छन्।

वायुसेनालाई हौसला प्रदान गर्न बाइडेनले उर्जावान् भाषण दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी केही चिजमा अल्झिएको जसरी मञ्चमै पछारिएका थिए।

बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए।उनी आफै पनि उठ्न प्रयास गरिरहेको भिडिओमा देख्न सकिन्छ। उठेपछि उनी आफै सिटमा गएर बसेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *