Home  
Janahit Voice

सोह्रखुट्टेको इलिप्स स्कुलमा विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि स्कुल बन्द

२२ जेष्ठ २०८०, सोमबार

काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्।

इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

तर मृतकका आफन्तले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै विद्यालय बन्द गराएका हुन्। त्यसदिन यता विद्यालय खुलेको छैन। आफन्तले विद्यालयसँगै प्रहरी वृत्त सोह्रखुट्टे समेत घेराउ गरेका छन्।

अभिषेक इलिप्स स्कुलको छात्रवास बस्न थालेको डेढ वर्ष भयो। उनकी आमा सन्दिरा तामाङ साइप्रसमा बस्ने भएकाले अभिषेकलाई छात्रवासमा राखिएको थियो।

आफू यहाँ नभएपनि नजिकै आफन्तहरू बस्ने हुँदा हेरचाह हुने हिसाबले छात्रवासमा राखिएको अभिषेकको ममी बताउँछिन्। आफ्नो छोरा बितेको खबर पाएपछि भने उनी नेपाल फर्किएकी छन्। उनलाई छोरा बिरामी छ भनेर बोलाइएको थियो। तर यहाँ शव हेर्दा शरीरमा निलडाम देखेपछि न्यायको माग गरिरहेकी हुन्।

उनले आइतबार विद्यालयको सिसिटिभी फुटेज पनि हेरेकी थिइन्। जसमा छोरा टाउको निहुराएर हिँडिरहेको देखिन्। आफूले न्याय नपाएसम्म विद्यालय नै खोल्न नदिने उनले अडान लिएकी छन्। त्यसपछि उनीहरूले धर्ना दिइरहेका हुन्। उनीहरूले विद्यालयकै गेटमा अभिषेकको तस्बिर टाँसेर ‘जस्टिस फर अभिषेक’ लेखेर न्याय माग गरेका छन्।

प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्रवास वार्डेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। आफन्तले उनीहरूविरूद्ध आइतबार प्रहरी वृत्त सोह्रखुट्टेमा आत्महत्या दुरूत्सान कसुरमा जाहेरी दिएका थिए।

प्रहरीले शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। त्यहाँबाट पनि अभिषेकको मृत्यु आत्महत्याबाटै भएको भन्ने जानकारी मृतक आफन्तले पाइसकेका छन्। तर पनि उनीहरू आफ्नो अडानबाट पछि हटेका छैनन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *