Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्ड सुर्खेत हुँदै खप्तडजाँदै

२३ जेष्ठ २०८०, मंगलवार

प्रधानमन्त्रीसहितको टोली मंगलबार बिहान ८ बजे प्रस्थान गरेको हो।प्रधानमन्त्री पहिला सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा. सञ्जु खड्काको श्रद्धाञ्जलि सभामा सरिक हुनेछन् । त्यसपछि खप्तड जाने कार्यतालिका रहेको छ।

‘खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने हिसाबले त्यहाँ एउटा समिति पनि बनेको छ, त्यही सिलसिलामा जान लाग्नु भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तडमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।त्यहाँ उनले आजबाट सुरु हुने तीन दिवसीय आध्यात्मिक सम्मेलन उद्घाटन गर्दैछन्। खप्तडमा योग, ध्यान पनि आयोजना गरिएको छ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा योग गुरू रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण पनि सरिक हुने कार्यक्रम छ। सम्मेलनका अवसरमा योग गुरू रामदेव र आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको बताइएको छ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाँदैछन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *