Home  
Janahit Voice

नवलपरासीमा खेतीपाती गर्दै आएका दम्पतीको विभत्स हत्या

२३ जेष्ठ २०८०, मंगलवार

नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ।

प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।

उनिहरुको सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले बताएको छ।

प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्नकोलागि गोठमा सुत्ने गर्थे । सोही गोठमा उनीहरूको हत्या गरि शव आँगनमा फालिएको प्रहरीले जनाएको छ।

खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *