Home  
Janahit Voice

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि फर्कियो काठमाडौं

२३ जेष्ठ २०८०, मंगलवार

काठमाडौं- काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।

विमानस्थका  अनुसार काठमाडौँ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

काठमाडौँ विमानस्थलबाट बिहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि विमानस्थले जनाएको छ ।

श्री एयरलाइन्सका व्यवस्थापकले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *