Home  
Janahit Voice

पशुपतिमा सुरक्षाकर्मी मृत फेला

२३ जेष्ठ २०८०, मंगलवार

पशुपति क्षेत्र विकास कोष कार्यालयको नवनिर्मित भवनमा सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइ गर्ने क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका हुन्। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको बताइएको छ।

राना बगैंचा फाँटबाट हालै सुरक्षामा सरुवा भएका थिए। राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *