Home  
Janahit Voice

करका दरमा चलखेल नभएको अर्थमन्त्रीको प्रष्टीकरण

२३ जेष्ठ २०८०, मंगलवार

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यसअघिका अर्थमन्त्रीले आवश्यकताकै आधारमा एक पूर्वकर्मचारीलाई नियुक्ति दिएको र उनले इन्ट्रीको काम मात्रै गरेको बताए।

‘उहाँले वर्षौंदेखि लगातार यो काम गरिरहनुभएको छ। मभन्दा अगाडीका अर्थमन्त्रीले पनि उसको आवश्यकता छ भनेर नै उहाँलाई नियुक्ति गर्नुभयो। कोर्डलगायतको विज्ञता भएको हुनाले उहाँले कर्मचारीकै रूपमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो। उहाँ निर्णय प्रक्रियामा हुने त कुरै भएन,’ उनले भने।गोप्य निर्णय गर्ने ठाउँमा ती कर्मचारी नभएको उनले बताए। ‘उनले इमान्दारितामा आफू एक इन्च पनि नहल्लिएको बताए। ‘इमान्दारितामा एक इच्च पनि, एक रौं पनि कहीँकतै हल्लिएको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *