Home  
२४ जेष्ठ २०८०, बुधबार
बालेन शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषद्द्वारा स्वीकृत
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
जानकारीमा आएअनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको बताइएको छ।
त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको बताइएको छ