Home  
Janahit Voice

ठमेलमा एक युवकले गरे युवतीको हत्या

२४ जेष्ठ २०८०, बुधबार

काठमाडौंको ठमेलमा एक जना युवतीको कुटपिट गरी हत्या हत्या भएको छ। चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।उनी काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा अमर रञ्जितकारसँग ६ महिनादेखि  बस्दै आएकी थिइन ।

मंगलबार उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। प्रहरीका  अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए।

मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। रञ्जितकारले मापसे गरेका थिए। मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *