Home  
Janahit Voice

बजेटमाथि उपेन्द्र यादव र माधव नेपालकै कटाक्ष

२४ जेष्ठ २०८०, बुधबार

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइरहेको बजेटमाथि सत्तासीन दलहरूले नै असन्तुष्टि जनाएका छन्।

न्युजिल्यान्डबाट आजै (बुधबार) मात्र स्वदेश फर्किएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटजति डँडेलधुरा र गोरखामा केन्द्रित गरिएको टिप्पणी गरेका छन्।

‘बजेटजति सबै डँडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने खालको कुरा मैले सुनेँ, नुवाकोटमा पनि लगेको छ, तेस्रो जिल्लाको रूपमा मागेको त्यहीँ हो भन्नेजस्तो गरिएछ, सबै कुराहरू सुन्नमा त आयो,’ उनले भने।

बजेट त्यसरी केन्द्रीकृत गर्नुको आधार प्रमाणित भए बेग्लै कुरा नत्र त्यसरी विन्यास गर्न नहुनेमा जोड दिए। ‘त्यसको आधार छ भने बेग्लै कुरा हो, आधार छैन भने कुनै आधारमा टेक्नै पर्ने थियो। अर्थमन्त्रीसँग जोडिएको, प्रधानमन्त्रीलाई कति जानकारी भएको कुरा हो,’ उनले भने।

यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि बजेट बिचौलियाले बनाउने टिप्पणी गरेका छन्। ‘बजेट निर्माणको प्रक्रिया नै गलत छ, जनताले सोच्दो होला, माननीयजीहरूले बजेट बनाउँछन्, मन्त्रीजीहरूले बजेट बनाउँछन्, तर, यथार्थमा त्यस्तो छैन, बजेट बनाउने कर्मचारी हुन्छन्, केही बिचौलिया, केही घुसपैठियाहरू हुन्छन्। सञ्चारमाध्यममा आएकै कुरा हो,’ उनले भने।

यसरी बिचौलियाले बजेट बनाउँछन् भन्ने कुरा सबै असत्य हो भनेर प्रमाणित हुन नसकेको यादवले बताए। कुनै पनि बजेटले संविधान र सिद्धान्तलाई वहन गर्ने बताउँदै सरकारले प्रस्तुत गरेको बजेट यसबाट टाढा पुगेको बताए।

‘मधेसीहरूलाई गोली ठोकेर जारी गरे पनि संविधानमा समाज वादउन्मुख अर्थव्यवस्था छ। तर, बजेट समाजवादउन्मुख छैन, विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित छ,’ उनले भने।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *