Home  
Janahit Voice

आज नेपाल र स्कटल्यान्ड भिड्दै

२५ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ – विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुने बताइएको छ।

नेपालले यसअघि  घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको छ।

गत चैतमा नेपालले  सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।

समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । प्रतियोगिताबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *