Home  
Janahit Voice

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको आज निधन

२५ जेष्ठ २०८०, बिहीबार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको आज निधन भएको छ ।

६९ वर्षीय डा. साह करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत थिए। उनको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भब नभएपछि  भारतको नयाँ दिल्ली लगिएको थियो । उहाँ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुनुहुन्थ्यो । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *