Home  
Janahit Voice

विद्युतीय सवारीसाधनको कर निःशुल्क गर्नुपर्छ : लिङ्देन

२५ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरूको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै ङ्देनले विद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने बताउँदै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको बताउनुभयो । उहाँले ठुला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।

देशमा उद्योगधन्दाहरू स्थापना गर्ने, उद्योग धन्दाहरुलाई प्रोत्साहित गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने भन्ने कुरालाई यो बजेटमा कहाँ समावेश गरेको छ ? बजेटमा वैदेशिक रोजगारीमै जाने व्यवस्थालाई बढी जोड गरिएको छ ।’

उनले  भने,‘मैले अस्ति नीति तथा कार्यक्रममा पनि भनेको थिएँ, केही यस्ता क्षेत्रहरुपनि निर्धारण गरौँ, जहाँ कसैले रोजगारमूलक उद्योगहरू खोल्छ, हजारौँ मानिसलाई रोजगारी दिने उद्योगहरू खोल्छ भने उसलाई विद्युतमा सहुलियत दिने व्यवस्थाहरु गरौँ ।’

सरकारले बजेटमा यस्ता नयाँ कुरा ल्याउन आँट नगरेको लिङ्देनले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *