Home  
Janahit Voice

ओलीको प्रतिवाद गर्दै शर्माले भने : कसले ल्याएको बजेट राम्रो आयोग बनाएर समीक्षा गरौँ

२६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/ ८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद शर्माले बजेटलाई राजनीतिक चश्माबाट हेरे सहि निष्कर्ष ननिस्कने बताए ।
उनले भने ‘ चालु आर्थिक वर्षको बजेटको समीक्षा गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शून्य मार्क दिनु भयो । उहाँको उक्त मूल्यांकन र सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु ।

सांसद शर्माले बजेटमाथि आग्रह र पूर्वाग्रह मुक्त भएर टिप्पणी गर्न आवश्यक भएको बताउँदै उनले उच्चस्तरीय आयोग नै बनाएर विगत १० वर्षको बजेटका समीक्षा गर्न समेत चुनौती दिएका छन् ।

उनले भने ‘ बजेट जनताको हितमा हुनुपर्छ । ताकी जनताको जीवनमा परिवर्तन आओस देशको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट समीक्षा गरियो भने त्यस्ले ठीक निष्कर्ष निक्लिदैन । आग्रह र पूर्वाग्रहमुक्त भएर समीक्षा गरौं । विगत १० वर्षदेखिको बजेटमा छलफल गरौं भन्ने प्रस्ताव राख्न चाहन्छु । ’

यद्यपि आफूले ल्याएको बजेट समृद्ध देश बनाउने योजनाका साथ आएको उनको दाबी छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *