Home  
Janahit Voice

देशभरका अस्पतालहरुलाई स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

२६ जेष्ठ २०८०, शुक्रबार

देशभर कासम्पुर्ण अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको  भन्दै यस्तो निर्देशन दिएको हो ।

उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनुपर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ ।

मन्त्रालयले गर्मी मौषममा सर्पदंश, आगलागी, झाडापखाला, डेंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानीय स्तरका रेडियो, एफएम र पत्रपत्रिकामार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *