Home  
Janahit Voice

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२८ जेष्ठ २०८०, आईतवार

काठमाडौं – कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ च८४९८ नम्बरको डबल क्याप जिप शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गर्दा वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार जिप सडकबाट १५० मिटर तल खसेको छ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *