Home  
Janahit Voice

दक्षिण अफ्रिकामा रहेको नेपालले अभ्यास खेलमा दोस्रो हार बेहोर्‍यो

२८ जेष्ठ २०८०, आईतवार

दक्षिण अफ्रिकामा रहेको नेपालले आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि  खेलेको अभ्यास खेलमा दोस्रो हार बेहोरेको छ।

स्कटल्यान्डसँग पहिलो खेलमा  हारेको नेपाल शनिबार नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो।

पहिले ब्याटिङ गरेको नेपाल ३६.५ ओभरमा १५६ रनमा अलबउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन जोडे। त्यसअघि कुशल भुर्तेल ९ रन, आसिफ शेख ४ रन, अर्जुन साउद ४ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

यस्तै भीम सार्की १० रन र आरिफ शेख १८ रनमा आउट भए। गुल्सन झाले २४ रन जोडे भने सोमपाल कामीले १८ रन र प्रतिश जिसीले १९ रन जोडे।

बलिङमा नेदरल्यान्ड्सका भान वीकले ५ विकेट लिए। नेदरल्यान्ड्सले ३६.१ ओभरमा लक्ष्य पार गर्‍यो। उसका लागि बारेसीले नटआउट ६३ रन जोडे। बलिङमा नेपालका गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिए।

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम एक सातादेखि दक्षिण अफ्रिकामा छ।

नेपाली टिम प्रतियोगिताका लागि दुई दिनपछि दक्षिण अफ्रिकाबाटै जिम्बावे पुग्नेछ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *