Home  
Janahit Voice

दायाँ-बायाँ जान्दैनौं, गलत तथ्यांक मान्दैनौं भन्दै राष्ट्रिय तथ्यांक कार्यालयअघि प्रदर्शन

२८ जेष्ठ २०८०, आईतवार

राष्ट्रिय तथ्यांक कार्यालय अगाडी १२ ‌औं राष्ट्रिय जनगणनामा सार्वजनिक भएका जाति र भाषाको सन्दर्भमा सार्वजनिक गरिएको गलत तथ्यांक सच्याउन माग गर्दै  प्रदर्शन गरिएको छ।

किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति, किरात राई वान्तावा खिम, अथार मगरात कलाकार संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।

राई जातिको विषयमा सार्वजनिक भएको तथ्यांक गलत भएको भन्दै उनीहरूले सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका हुन । यसका साथै उनीहरूले पाँच बुँदामा सच्याउनु पर्ने पक्ष पनि समेटेका छन्।

उनीहरूले ‘दायाँ बायाँ जान्दैनौं, गलत तथ्यांक मान्दैनौं’, ‘गलत तथ्यांक तुरून्त सच्याऊ’, ‘राज्यलाई सही तथ्यांक देऊ’, ‘२०६८ सालको जनगणनामा किरात राई जातिभित्रको नयाँ जातिसम्बन्धी मिथ्यांक आएकोले खारेज गर’, ‘मगरको विरासत कायम गर’, ‘मगरमाथि राज्यको षड्यन्त्र बन्द गर’, ‘मगर जाति भित्रको पुन थर छुट्टै जाति होइन’ लगायत माग राखेर प्रदर्शन गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *