Home  
Janahit Voice

आज गौर हत्याकाण्डसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

२९ जेष्ठ २०८०, सोमबार

सर्वोच्च अदालतमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सुनुवाइका लागि पेशी तोकिएको छ । आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डको नामले चिनिन्छ ।

त्रिभुवन साहले यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते सर्वोच्च अदालतमा जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *