Home  
Janahit Voice

तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जना गम्भीर घाइते

२९ जेष्ठ २०८०, सोमबार

प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना भएको हो । उक्त जीप दुर्घटना  हुँदा आठ जना गम्भीर घाइते भएको  प्रहरी कार्यालय प्यूठानले  जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको  इलाका प्रहरी कार्यालय भिग्रीले जनाएको छ।

जीपमा सवार आठजनाकै अवस्ता  गम्भीर भएको र घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *